अघोषित 'नाकाबन्दी'को मारमा माथिल्लो कर्णालीवासी

जुम्ला। माथिल्लो कर्णाली क्षेत्र यतिवेला अघोषित 'नाकाबन्दी'को मार खेपी रहेको छ । माथिल्लो कर्णालीको भरपर्दो यातायात हवाइ सेवा हो तर राष्ट्रिय ध्वजावाहक नेपाल वायूसेवाले उडान तालिकाअनुसार उडान नभर्ने र निजी विमान कम्पनीहरू यतिबेला विदेशी पर्यटक बोक्न पुर्वतिर गएपछि  माथिल्लो कर्णालीले अघोषित नाकाबन्दीको मार  खोप्नु परेको हो ।

उडान हुँदा पनि यहाँका बासिन्दा दोब्बरभन्दा बढी भाडा तिर्न बाध्य छन् ।  नियमित उडान नभएका कारण यहाँको विमानस्थलमा एक सातादेखि यात्रुहरू थुप्रिएका छन् । टिकटका लागि स्थानीय प्रशासन घेराउदेखि विभिन्न आन्दोलन भइरहेका छन् । तर, जहाजको उडान कम हुँदा सकस भइरहेको छ । नेपाल एयरलाइन्सले सेडुअल घटाएको मात्रै छैन सेडुअलअनुसार समेत चलेको छैन ।

उडान सहज बनाउन पूर्वमन्त्री नरेश भण्डारीसहितको टोली पर्यटन मन्त्रालय पुगेर ध्यानाकर्षण गराएको छ । पूर्वमन्त्री भण्डारी, अर्थममन्त्रीका सल्लाहकार मनऋषि धितालसहितको टोलीले पर्यटन मन्त्रीलाई औपचारिक रुपमा ज्ञापन पत्र बुझाएको हो ।

petra-bnbm.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.