काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले केपी ओलीसँग हारेको स्विकारेका छन् । माओवादीनिकट विद्यार्थीको सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले आफूले एमाले अध्यक्ष ओलीसँग हारेको स्विकारेका हुन् ।
भावुक हुँदै ओलीकै कारण आफू आत्महत्या गर्ने कि फेरि लड्ने भन्ने निष्कर्षमा पुगेकोसमेत उनले बताए । ओलीको कुरा सुनेर कम्युनिष्ट एकताको सपना देखेर पार्टी एकता गरेको, तर आफूले ओलीसँग हारेपछि एक्लैले नसकेर गठबन्धनको नाममा नेता माधव कुमार नेतालाई अघि सारेर ओली प्रवृत्तिलाई ढालेको प्रचण्डले दाबी गरे ।
नेपालको राजनीतिमा जुन खालको परिवर्तन हामीले गर्यौं । ‘यो अवधिमा मैले ओलीजस्तो राजनीतिक चतुर्याइँ गर्ने नेता भेटेको छैन,’ उनले भने । माओवादी केही समययता बिग्रेकै हो । अब हामीले आत्मसमीक्षा गरेर फेरि एकपटक गोलबन्द गरेर लाग्नुपर्नेछ,’ उनले कार्यकतामाझ भने ।