काठमाडौं जिल्ला प्रशासनको आदेशप्रति एमालेको आपत्ति

काठमाडौं । एमालेले बिहीबार काठमाडौं जिल्ला प्रशासनले जारी गरेको आदेशप्रति आपत्ति जनाएको छ । बिहीबार ठूला सभा सम्मेलनमा रोक लगाउने गरी जिल्ला प्रशासन काठमाडौंले जारी गरेको आदेश राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताउँदै स्थायी कमिटी सदस्य रामबहादुर थापा (बादल)ले आपत्ति जनाएका हुन् । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार ‘कोभिड–१९ को संक्रमण कायमै रहेको हुँदा भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने/नगराउने ’ आदेश जारी गरेको छ ।

शुक्रबार ललितपुरको गोदावारीमा एमालेको पहिलो विधान महाधिवेशन हुँदैछ । सो महाधिवेशन तयारी पूरा भइसकको छ । महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने बताइएको छ। 

© 2021 Quicknepal.com  |  All Rights Reserved.