कालीकोटमा भीरबाट लडेर एकको मृत्यु

सुर्खेत ।  कालीकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।  

प्रहरीका अनुसार भीररबाट लडेर तिलागुफा नगरपालिका-७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृत्यु भएको हो ।

महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाटमा  फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उनको  ज्यान गएको तिलागुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.