राप्रपाको घोषणापत्रः एउटै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न नपाउने 

काठमाडौं ।  राप्रपाले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । 

काठमाडौंमा सोमबार सार्वजनिक गरेको घोषणापत्रमा दुईपटकभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने प्रस्ताव गरेको छ । 

‘एक व्यक्ति दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्री जस्तो कार्यकारी पदमा बस्न नपाउने,’ राप्रपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.