प्रतिव्यक्ति आम्दानी २ हजार ४०० अमेरिकी डलर पुर्‍याउने एमालेको घोषणा

काठमाडौं ।  नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । 

उक्त घोषणापत्रमा आगामी ५ वर्षभित्र नेपालीको आम्दानी २ हजार ४०० अमेरिकी डलर  पुर्‍याउने दाबी गरिएको छ । 

‘आगामी पाँच वर्षभित्र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी अमेरिकी डलर २ हजार ४००  पुर्‍याइनेछ,’ सार्वजनिक घोषणापत्रमा एमालेले उल्लेख गरेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.