अध्यक्ष ओलीलाई सभाहलसम्म कार्यकर्ताले स्कर्टिङ गरेर लैजाने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विधान महाधिवेशन स्थलसम्म कार्यकर्ताले स्कर्टिङ गरेर लैजाने भएका छन् । 

आज (शुक्रबार)बाट गोदावरीस्थित सनराइज सभाहलमा जाँदा उनलाई  युवा संघ, युथ फोर्सका युवाहरूले मोटरसाइकल, गाडीले स्कर्टिङ गरेर लैजाने भएका हुन् ।

ओलीको सुरक्षाका दृष्टिले उनलाई कार्यकर्ताले स्कर्टिङ गरेर लैजाने बताइएको छ । ओलीको सुरक्षाका लागि सुरक्षाकार्मी पनि सँगै हुनेछन् । आजबाट सुरु हुने सो सभामाकब देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । 

अध्यक्ष ओलीले उद्घाटन गरेपछि केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप-महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.