विधान महाधिवेशनमा पदाधिकारी हेरफेरको प्रस्ताव

काठमडौं । नेकपा एमालेले विधान महाधिवेशनमा पदाधिकारीमा व्यापक हेरफेर गर्ने प्रस्ताव गरेको छ । शुक्रबारबाट सुरु भएको सो विधान संशोधन प्रस्तावमा उपमहासचिव पद अब नरहने भएको छ । तर, ५ उपाध्यक्ष र ६ जना सचिव रहने उल्लेख छ । 

नेताहरुले उपाध्यक्षको संख्या बढाएर सात पुर्‍याउनुपर्ने एमालेभित्र माग छ ।  यसअघि केन्द्रीय कमिटीमा प्रस्तुत विधान संशोधन मस्यौदामा तीन उपाध्यक्ष मात्र रहने व्यवस्था थियो । 

यसअघि उपमहासचिव २ जना राख्ने प्रस्ताव थियो । अहिले उपमहासचिव पद नै खारेज गरेको छ ।

सतिवको संख्या ७ वटा घटाएर ६ मा झारिएको छ । नयाँ प्रस्ताजवमा भनिएको छ, ‘अध्यक्ष –१, उपाध्यक्ष –५, महासचिव –१, सचिव –६ र सदस्य २१२ समेत कुल २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.