नेकपा एमाले नेकपाको निरन्तरता हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेकपाको निरन्तरता र विरासत बोकेको बताएका छन् । शुक्रबारबाट सुरु भएको विधान महासभामा राजनीतिक प्रस्ताव पेस गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका छन् । 

ओलीले भने, ‘नेकपाको निरन्तरतासहित सकारात्मक विरासत बोकेको पार्टी हो एमाले । यो एकीकृत पार्टी हो । यो एकीकृत पार्टीको पहिलो विधान महाधिवेशन पनि हो ।’

उनले एमाले र माओवादी बीच २०७३ जेठ ३ गतेको एकीकरणपछि बनेको नेकपा केही व्यक्तिका कारण एकताले पूर्णता नपाएको भन्दै अदालतको फागुन २३ गतेको फैसलाले पूर्ववत् अवस्थामा फर्काएको बताउँदै उनले एमालेमा अहिले यसअघिको नेकपा क्रियाशील रहेको बताए । 

 २०७५मा भएका नेकपा एमाले र माओवादी एकीकृत भई बनेको नेकपा बनेको थियो । सो २०७७ पुस २३ को सर्वोच्चको फैसलापश्चात् नेकपा माओवादी र नेकपा एमालेमा क्रियाशील छन् । तर, नेकपा एमालेमा माओलादीबाट आएका केही नेता नेकपा एमालेमा नै रहेका छन् ।  

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.