अवसरवाद, विभाजन र बाह्य शक्तिका कारण पार्टी एकता बच्न सकेन : ओली

काठमडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा गुटबन्दी र दूषित मनसायका साथ गुटउपगुट हुँदा बच्न नसकेको बताएका छन् । शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

सो क्रममा उनले आफैँले प्रस्ताव गरेको आफ्नो पार्टी सम्मिलित सरकारले नाकाबन्दीको समाना र पारवहन सन्धिजस्ता दूरगामी उपलब्धि गरेको सरकारलाई ढाल्न प्रचण्डद्वारा अविश्वासको प्रस्ताव पेस गरेको बताए । 

‘यो षडयन्त्र प्रचण्ड लगायतका नेताहरुभित्र निहित अवसरवाद, विभाजन र बाह्य शक्तिको सेवा गर्ने चरित्रको भद्दा दृश्य थियो’, ओलीले भने । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.