काठमडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिस्ट आन्दोलनको आफ्नै विशेषता रहेको बताएका छन् ।
शुक्रबार विधान सभामा राजनीतिक प्रस्ताव पेस गर्ने क्रममा अध्यक्ष ओलीले विगतमा भएका राजनीतिक परिवर्तनलाई स्मरण गर्दै यस्तो बताएका छन् ।
सो क्रममा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हालै अमेरिका, बेलायत र अष्ट्रलियाबीच भएको रक्षा सम्झौताले एसिया प्रशान्त क्षेत्रमा तनाव बढाएको विश्लेषण गरेका छन् ।
अध्यक्ष ओलीले म्यानमार, अफगानिस्तान र भारत तथा पाकिस्तानबीचको आपसी सम्बन्धबारे पनि विश्लेषण गरेका छन् । भारत र चीनबीचको सम्बन्धले नेपाललाई पनि प्रभाव पारेको बताएका छन् । भारतसँगको सीमा विवाद समाधान गर्नुपर्ने ओलीले टिप्पणी गरेका छन् । उनले एक चीन नीति र भारतको सुरक्षा चासोमा सजग रहेको बताएका छन् ।
महाधिवेशनमा राजनितिक प्रस्तावमा अध्यक्ष ओलीले जलवायु परिवर्तन्, कोरोना महामारी, अन्तर्राष्ट्रिय व्यापार, विश्व शक्ति राष्ट्रको चर्चा, म्यान्मारमा भएको कु र अफ्गानिस्तानमा भएको राजनितिक परिवर्तन, चीन-भारत विवाद र नेपालले त्यसबाट नेपालमा पर्ने सम्भाव्य चुनौतीबारे ओलीले चर्चा गरेका छन् ।
अन्त्यमा ओलीले विगतमा भएका कमजोरीलाई हटउँदै अघि बढ्न आह्वान गरेका छन् ।
यस्तो छ, पूर्णपाठ