काठमाडौं ।पशुपतिनाथ मन्दिर परिसरमा एक व्यक्तिलाई छुरा हानेको आरोपमा प्रहरीले एक जना ‘बाबा’लाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवनको जगतपुरका ३७ वर्षीय ताराबहादुर लामिछाने रहेका छन्। असोज ११ गते विश्वरुपा मन्दिर जाने बाटोमा सन्तोष नाम गरेका व्यक्तिलाई छुरा हानेर ती बाबा फरार भएका थिए।
गाँजा माग्दा नदिएपछि छुरा हानेको पीडितको भनाइ थियो। घाइते व्यक्ति पशुपतिनाथ मन्दिर परिसरमा मागिहिँड्ने ‘बाबा’ रहेको प्रहरीको भनाइ छ।