राष्ट्र निर्माणका लागि ज्येष्ठ नागरिकको अनुभव उपयोगी : मुख्यमन्त्री पोखरेल

गण्डकी । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ज्येष्ठ नागरिकको ज्ञान, सीप क्षमता र अनुभवलाई राष्ट्र निर्माणमा प्रयोग गर्ने बताएका छन् । 

३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् । ज्येष्ठ नागरिक अनुभवका  खानी भएकाले उनीहरुको ज्ञान र सीपलाई राष्ट्र निर्माणमा लगाउनुपर्ने बताउँदै उनले भने, ‘बुबाआमालाई सम्मान गर्न सक्नु पर्दछ यो नै हाम्रा लागि असल पक्ष हो ।’

सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिकहरूलाई सम्मान र अधिकारमा पहुँच पुर्‍याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिएको हो ।

ज्येष्ठ नागरिकका अनुभव राष्ट्र निर्माणका लागि अत्यन्तै अनुकरणीय हुने मुख्य मन्त्रिको भनाई रहेको छ । यस्तो कुरा गर्दै ,मुख्यमन्त्रि पोखरेलले ज्येष्ठ नागरिकको हकहित संरक्षण र सम्वर्द्धन गर्दै सभ्य समाज निर्माणका लागि प्रदेश सरकार सदा तत्पर रहने प्रतिबद्धता जनाए ।

ज्येष्ठ नागरिकको जीवनलाई सहज र प्रभावकारी बनाउन सामाजिक सुरक्षा भत्ताका साथै सरकारले ज्येष्ठ नागरिक बिमा कार्यक्रम पनि सञ्चालन गर्दै आएको उनले बताए ।
‘वृद्धविद्धाका भनाइलाई आत्मसात गर्ने हो भने धेरै सामाजिक र साँस्कृतिक परिवर्तन ल्याउन सकिन्छ । र यौनजन्य अपराधमा कमी गर्न सकिन्छ,’ उनले भने, ‘अहिले कतिपय हाम्रा बुबा आमाहरु आफ्ना छोरा छोरीको साथमा बस्न पाएका छैनन । यस्को मुख्य कारण छोरा –छोरीहरुले आमा बुबाको शुरक्षा गर्न नस्कदा धर्मशालामा बस्न बाध्य छन् ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.