मकवानपुर। को कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार विरुद्धको मुद्दा अगाडि बढाएको छ । अध्यक्ष मुक्तानसहित ६ जनाविरुद्ध को मुद्धा शुक्रवार विशेष अदालत काठमाडौंमा दायर गरिएको हो । यसको जानकारी आयोगका प्रवक्ता (सहसचिवं) नारायणप्रसाद रिसालले बताए ।
आयोगले आरोपीहरुसँग २ लाख ६० हजार ९०० बिगो मागदावी आयोगले राखेको छ । आर्थिक वर्ष २०७५–७६ मा युवा क्षमता विकास तालिम र आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्दा कामभन्दा बढी रकम भुक्तानी लिएर भ्रष्टाचार गरेको आयोगले ठहर गरेको छ ।
आयोगले फिलिंगो मिडियाका सञ्चालक रामकुमार रिजाल, गाउँपालिकाका तत्कालिन प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ , आन्तरिक लेखा परीक्षक त्रिलोक थापामगर र सामाजिक विकास अधिकृत मोहन प्रसाद पौडेललाई विपक्षी बनाएको हो ।