एमालेको राजनीतिक प्रतिवेदन : यथास्थितिवादी कांग्रेससँगै मुख्य प्रतिस्पर्धा

ललितपुर । नेकपा एमालेको राजनीतिक प्रतिवेदनमा नेपाली कांग्रेसलाई प्रमुख प्रतिस्पर्धी भनिएको छ । यथास्थितिवादी कांग्रेस एमालेको प्रमुख प्रतिस्पर्धी हो प्रतिवेदनमा उल्लेख छ ।

नेपाली कांग्रेस पुँजीवादी वर्ग चरित्र, नवउदारवादी, यथास्थितिवादी र राष्ट्रियताका विषयमा ढुलमुढे रहेको आरोप समेत अध्यक्ष केपी शर्मा ओलीले लगाएका छन् । त्यसप्रति एमालेको विरोध रहने ओलीले बताएक छन् ।

नेपाल कम्युनिस्ट आन्दोलनका आफ्नै विशेषता छन् : ओली (पूर्णपाठसहित)

एमालेले बहुदलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व हासिल गर्ने नीति लिएको काराण कुनै दल विशेषलाई प्रमुख दुश्मन घोषणा गर्ने नीति भने लिन नहुने जनाएको छ ।

नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अस्थिर, अवसरवादी र विभाजनकारी भनेका छन् । एमालेले मधेस केन्द्रीत दललाई संकीर्ण, यथास्थितिवादी भनेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.