काठमाडौं । साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई १–० गोलको नतिजामा पराजित गर्दै नेपालको साफ च्यापियनसिपको बाटो खोलेको छ । घरेलु टिम माल्दिभ्स नेपालका लागि बाधक बन्न सक्ने आँकलन थियो । तर पहिलो गेममै नेपालले माल्दिभ्समाथी गोल गर्दै साफको बाटो तय गरेको हो ।
यो पटक नेपाल साफ च्याम्पियनसिपमा फाइनल खेल्न चाहन्छ । त्यसको लागि नेपाली टिमले विदेशमै बन्द प्रशिक्षण समेत लिएका थिए । त्यसै कारण पनि नेपालमाथी चूनौती छ । चूनौतीका साथ नेपाल खेलिरहेको छ ।
माल्दिभ्सको मालेमा जारी प्रतियोगिताको ८६औं मिनेटमा नेपालका लागि सब्स्टिच्युट खेलाडी मनिष डाँगीले काउन्टर अट्याकमा गोल गरेका थिए ।
नेपालको उक्त गोलसँगै साफमा नेपालको लागि मात्र बाटो खुलेन मनिष डाँगी पनि एकाएक हिरोको रुपमा चिनिए । माल्दिभ्सलाई पराजित गरिसकेपछि नेपालले आफ्नो आत्मबल बढाएको छ । यस कारण पनि नेपाल फाइनलको बाटो तय गर्न सक्ने आँकलनमा छ ।
नेपालले दोस्रो खेलमा सोमबार राति ९ः४५ बजे श्रीलंकासँग खेल्नेछ । श्रीलंकालाई निकै गोल अन्तरमा पराजित गर्ने तयारीमा नेपाल रहेको छ । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म फाइनल पुगेको छैन ।
२२ बर्षपछि माल्दिभ्सलाई पराजित गरेको नेपालको सपना यो पटक साकार बनाउने मुडमा नेपाली टिम रहेका छन् ।