भैरहवा र काठमाडौंको खेल वर्षाले प्रभावित

काठमाडौं । एभरेष्ट प्रिमयर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज हुने तय भएको पहिलो खेल वर्षाले प्रभावित बनेको छ ।

त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदान हुने तय भएको भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलेभेनबीचको पहिलो खेल वर्षाका कारण सुरु हुन सकेको छैन ।

साढे ९ बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण अझै टस भएको छैन ।

आज दिउँसो साढे १ बजे विराटनगर वारियर्स र पोखरा राइनोज आमनेसामने हुने छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.