एमालेकाे सचिवालय बैठक शुक्रबार बस्ने

काठमाडौं। एमालेले भोलि शुक्रबार सचिवालय बैठक डाकेको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने जनाइएकाे छ ।

बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ ।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.