कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन गठबन्धनका दलसँग निर्णय गर्ने

काठमाडौं ।  नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । आज (आइतबार) पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि यस्तो निर्णय गरेको हो ।

प्रवक्ता प्रकाशशरण महतले ठुलो दलको हैसियतले पार्टीले नै सरकारको नेतृत्व पाउनुपर्ने निष्कर्षका साथ कांग्रेसले सो निर्णय गरेको जानकारी दिएको हो । संसदीय दलको चुनावका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको समेत उनले बताए ।

महतका अनुसार सातै प्रदेशमा संसदीय दलको नेता चयनका लागि प्रदेश कार्यसमितिलाई निर्देशन दिने निर्णय भएको हो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.