देउवाले बिहीबार बालुवाटार छाड्ने

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।

बिहीबार बालुवाटार छाड्ने देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए । उनका अनुसार पुर्वप्रधानमन्त्री देउवाले विहीवार बालुवाटार छोड्ने भएका हुन् ।

देउवाले बालुवाटार तत्काल नछाडेकाले सोमबार प्रधानमन्त्रीको शपथ लिएका प्रचण्ड आफ्नो निजी निवास खुमलटारमै बसेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.