माओवादीको अस्तित्व सकिन्छ कि भन्ने चिन्ता लागेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवदी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जनयुद्धताका माओवादीका सबै अंश ज्ञानी भएको बताएका छन् । माआवोदीबाट अलग–अलग भएर टुक्रा-टुक्रा भएर अरुसँग एकताको अभियान थाल्दा सबै ज्ञानी भएको उनले बताएका हुन् ।

नेकपा एमालेसँग एकता गरेर केपी ओलीबाट आफुले ज्ञान सिकेको बताउँदै आएका प्रचण्डले माओवादीका सबै टुटफुट शक्तिले ज्ञान हासिल गरेका कारण सबै एकै ठाउँमा आएर पुनः पार्टी एकतालाई जोड दिनु पर्ने बताएका छन् ।

आफुबाट छुट्टिएर गएका बाुबराम भट्टराई किरण बैद्य, विप्लब र आफु लगायतले फुट्दा कस्तो हुन्छ ? अरुसँग एकता गर्न खोज्दा कस्तो हुन्छ ? भनेर ज्ञान प्राप्त गरेको कारण अब माओवादी पूर्व शक्तिहरु पुनः एक पटक एकीकृत हुन म अनुरोध गर्छु, प्रचण्डले भने ।

आफ्नो सबै शक्ति नासिएर एक्लो भएको महशुस गर्दै प्रचण्डले तत्कालिन माओवादीका साना–साना शक्तिहरु एक ठाउँमा आउनु पर्ने बताएका हुन् । माओवादीको अस्तित्व सकिदैँ जाने पो हो कि भने आफुलाई चिन्ता लागेको कारण पनि पार्टी एकताका लागि सबैलाई अनुरोध गर्दै हिडेँको प्रचण्डले बताएका हुन् ।

पछिल्लो समय प्रचण्डले आफु र आफ्नो पार्टी कमजोर भएको महशुस गर्दै आएका छन् । सार्वजनिक कार्यक्रमहरुमै प्रचण्डले गुमाउरो पारामा आफु कमजोर भएको प्रस्तुतीहरु राखिरहेका छन् । ललितपुरमा आयोजित नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.