काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ।
बैठकमा सरकारमा सहभागिता हुने वा नहुने भन्ने विषयमा छलफल हुने स्राेतले जानकारी दियो ।
प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन्। राप्रपाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको छ।