कैलालीमा हाइस दुर्घटनाः एकको मृत्यु, १८ जना घाइते

धनगढी। कैलालीमा शनिबार बिहान हाइस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरबाट लम्कीका लागि छुटेको सुप्र ०२००१ ज ४०६ नम्बरको हाइस कैलालीको गौरीगंगा नगरपालिका- ६ वनवेहडामा दुर्घटना भएको हो।

दुर्घटनामा परी कैलालीको लम्की–चुहा नगरपालीकाकी ७३ बर्षीया कर्मा प्याकुरेलको मृत्यु भएको छ। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरीले बताए ।

दुर्घटनामा परी थप १८ जना घाइते भएका छन् । घाइतेको पहिचान खुल्न बाँकी छ । हाईस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.