आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

कास्की। आइतबार राति घरमा भएको आगलागीमा परेर कास्कीमा एक जना निवर्तमान वडाध्यक्षको मृत्यु भएको छ।

उनी जिल्लाको मादी गाउँपालिका–१ सिक्लेसका निवर्तमान वडाध्यक्ष ७१ वर्षीय सुरज कुमार गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएकाे छ। ​

आगलागी कसरी सुरु भएको भन्ने बारेमा केही पनि नखुलेको तथा राति नै घटनास्थलमा पुगेको प्रहरीले यस बारेमा अनुसन्धान गरिरहेको बताए।

© 2021 Quicknepal.com  |  All Rights Reserved.