प्रेम आले र माया राईले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं ।  प्रतिनिधिसभा सदस्यद्वय माया राई र प्रेम आलले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार संघीय संसद् सचिवालय सिंहदरबारमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले दुवैलाई शपथ गराएका हुन् ।

गत ७ पुसमा भएको शपथ कार्यक्रममा राई र आले उपस्थित भएका थिएनन् । राई सुत्केरी भएर अस्पतालमा थिइन् भने आले आमाको निधन भएकाले शपथ समारोहमा उपस्थित हुन सकेका थिएनन्।

© 2021 Quicknepal.com  |  All Rights Reserved.