चितवन । चितवनमा कुलमानविरुद्ध नाराबाजी भएको छ ।
विद्युत प्राधिकरणले इन्टरनेट तथा केवुल टिभीका तार काट्न थालेपछि सेवाप्रदाय ‘तार काट्न पाइँदैन’, ‘व्यवसायको सुरक्षा गर’, ‘कुलमान घिसिङ– मुर्दावाद’लगायत नारा लागउँदै आन्दोलित भएका हुन् ।
आन्दोलनरतहरु विद्युत प्राधिकरण भरतपुर अगाडि धर्ना दिँदै नाराबाजी गरेका छन् । प्राधिकरणले पोल भाडा नतिरेको भन्दै तार काटिदिएको हो । चितवनमा ३० वटा इन्टरनेट र २ वटा केवुल टिभी सञ्चालनमा छन् । प्रतिकिलोमिटर चार हजार रुपैयाँबाट पोलभाडा बढाएर ९ हजार पुर्याइएको छ ।
उर्जा मन्त्री पम्फा भुसाल, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतसँग केन्द्रमा वार्ता सकारात्मक भएका बेला मुख्य सर्भर (ओपीसी डब्लु फाइबर) काटेर दम्भ देखाएको आरोप उनले लगाए । यसको विरोधमा चितवनमा ब्ल्याक आउट गरी इन्टरनेट र टिभी सेवा बन्द गर्ने चेतावनी उनले दिए ।