काठमाडौं । सत्ता साझेदार दलहरूले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रतिवेदनमा पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ ।
राप्रपा महामन्त्री धवलशम्शेर राणाले पृथ्वी जयन्तीमा बिदा दिने विषय न्यूनतम साझा कार्यक्रममा समेटिएको बताए ।
‘पृथ्वी जयन्तीमा बिदा दिने विषय न्यूनतम साझा कार्यक्रमको मस्यौदामा समेटिएको छ। शनिबार शीर्ष नेतालाई प्रतिवेदन बुझाउँछौं, उहाँहरूले उक्त प्रतिवेदन पारित गरेपछि सार्वजनिक गरिन्छ,’ राणाले भने।
राप्रपाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने र पुस २७ मा बिदा दिनुपर्ने अडान राखिरहेको छ।