एमाले विधान महासभामा प्रतिनिधिको सुझाव : ७० वर्षे उमेर हद र एक व्यक्ति दुई कार्यकाल कायम गरियोस्

काठमाडौं । जारी नेकपा (एमाले) विधान महाधिवेशनमा प्रतिनिधिहरुले ७० वर्षे उमेर हद, एक व्यक्ति दुई कार्यकाललाई लिएर प्रश्न उठाउँदै छलफलमा सहभागी प्रतिनिधिले कार्यकारी पदमा दुई कार्यकाल बस्ने र ७० वर्षे उमेर हद लगाउनेमध्ये एउटा नीति मात्रै लिन सुझाव प्रस्तुत गरेका छन् । 

यसका अलावा प्रतिनिधिले एमसिसी  के गर्ने सोबारे पनि नेतृत्वलाई स्पष्ट हुन आग्रह गरेका छन् ।

त्यसैगरी, कर्णाली प्रदेशबाट समूहगत छलफलको रिपोर्ट प्रस्तुत गर्ने क्रममा गोरख बोगटीले प्रत्येक जिल्लाबाट एक केन्द्रीय सदस्य हुने व्यवस्था मिलाउन सुझाव दिएका छन् । उनको समूहबाट पनि ७० वर्षे वा दुईवर्षे कार्यकाल व्यवस्था राख्न सुझाव आएको छ । बोगटीको  समूहले संघीय मन्त्रिपरिषद्‌मा ५० प्रतिशत विज्ञ र ५० प्रतिशत जनप्रतिनिधि नियुक्त गर्ने व्यवस्थाको नीति लिन पार्टीलाई सुझाव दिएको छ । 

लुम्बिनी प्रदेशको टोलीले पार्टीलाई निर्वाचन प्रणालीमा सुधार र सरकार र पार्टीबीच अन्तरसम्बन्धबारे स्पष्ट हुन सुझाव दिँदै प्रदेश कमिटीमा बढीमा १५१ सदस्यीय बनाउन र विभागमा २१ जना राख्न व्यवस्था गरेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.