प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे ओली, वार्ता जारी

काठमाडौँ - एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । उनी बिहान साढे ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । अहिले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच वार्ता जारी छ । यसअघि हिजो पनि उनीहरुबीच सिंहदरबारमा भेटवार्ता भएको थियो । सिंहदरबारको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि उपस्थिति थियो ।

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच छुट्टै भेटवार्ता पछिल्लो पटक अस्ति बिहान बालुवाटारमा भएको थियो । माओवादी केन्द्र कांग्रेसतिर नजिकिएको समाचारबीच ओली बालुवाटार पुग्नुलाई महत्त्वका साथ हेरिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.