पूर्वक्लबविरुद्ध स्वारेजको गोल, बार्सिलोना पराजित

काठमाडौं । पूर्वक्लबविरुद्ध लुइस स्वारेजले गोल गर्दा स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले बार्सिलोनालाई २–० गोल अन्तरले पराजित गरेको हो । एट्लेटिकोलाई महत्त्वपूर्ण तीन अंक दिलाउन थोमस लेमार र लुइस स्वारेजले १/१ गोल गरे ।

खेलको २३औँ मिनेटमा लेमारले गोल गर्दै एट्लेटिकोलाई १–० गोल अन्तरको अग्रता दिलाए । ४४औँ मिनेटमा स्वारेजले पूर्व क्लबविरुद्ध गोल गर्दै एट्लेटिकोलाई २–० को जित दिलाए ।

जितसँगै एट्लेटिकोले ८ खेलमा १७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । पराजित बार्सिलोना भने ७ खेलबाट १२ अंक जोडेर दशौँ स्थानमा छ ।

स्पेनिस लिगमा काडिज र भ्यालेन्सियाले गोलरहीत बराबरी खेले भने लेभान्तेले मालोर्कालाई १–० गोल अन्तरले पराजित गरेको छ । ओसासुनाले रायो भालेकानोलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.