एमाले विधान सभामा समूहगत रिपोर्टिङ सकियो, उठेका सवालमाथी उत्तर दिने क्रम जारी

काठमाडौं । नेकपा एमालेको गोदावरीमा जारी पहिलो विधान महाधिवेशनमा समूहगत रिपोर्टिङ सकिएको छ । नेकपा एमालेले छलफललाई प्रभावकारी बनाउँदै पेश गरिएको प्रतिवेदन र प्रस्तावमाथी राय लिन १० वटा समूह निर्माण गरेको थियो ।

१० वटा समूहबाट छलफल भएको विषय समूहका टोली नेताहरुले रिपोर्टिङ गरेका थिए । अहिले रिपोर्टिङ सकिएको छ । अबको पाले रिपोर्टिङबाट आएका प्रशनहरुलाई अध्यक्षे केपी ओली, महासचिव इश्वर पोखरेल र संगठन विभाग प्रमुख विष्णु पौडेललगायतले उत्तर दिनेछन् ।

त्यसको केही वेरमा पूर्ण बैठक बस्ने बताइएको छ । पूर्ण बैठकले रिपोर्टिङबाट आएका सुझावहरुमाथी छलफल गर्दै राजीनितक, संगठानिक र विधान संशोधनलाई पारित गर्ने नेता सुर्य थापाले बताए । त्यस लगतै समापन कार्यक्रम शुरु हुने बताइएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.