काठमाडौं । यतिखेर देशमा महाधिवेशनको लहर चलिरहेको छ । सबैभन्दा ठूलो दल नेकपा एमालले पहिलो विधान महाधिवेशन जारी राखेको छ । यस्तै नेपाली कांग्रेसको बाँकी पालिकाहरु अधिवशेन चलिरहेको छ ।
यस्तै नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मलेन जारी छ । राप्रपाले देशभर अधिवेशन जारी राखेको छ ।
राप्रपाले यतिखेर जिल्ला अधिवेशनहरू गरिरहेका छन् । कतिपयमा जिल्लामा सर्वसम्मत र कतिपय ठाउँमा निर्वाचनबाट नयाँ नेतृत्व चयन गरेको छ । राप्रपाले हालसम्म ४४ जिल्लामा नयाँ नेतृत्व चयन गरेका छन् ।
राप्रपा नुवाकोटमा कुलबहादुर खड्गी, चितवनमा रुद्र ढकाल, दोलखामा राजन शिवाकोटी, मकवानपुरमा गुरुप्रसाद सापकोटा, रामेछापमा भरत वाईवा, काठमाडौंमा नवराज सिंखडा, ललितपुरमा अष्ट महर्जन, महोत्तरीमा राजेश्वर राय, ओखलढुंगामा पदम कुमारी गुरुङ र तेह्रथुममा टंकप्रसाद अधिकारी चयन भएका छन् ।
यस्तै तनहुँमा विनोद घर्ती, लमजुङमा हरिप्रसाद रेग्मी, कास्कीमा नारायण गुरुङ, स्याङजामा ईन्द्रप्रसाद गुरुङ, मुूताङमा गुन्ज हिराचन, सोलुखुम्बुमा राजेन्द्र बस्नेत, सप्तरीमा उम्बेश्वर शाह, उदयपुरमा ध्रुव रायमाझी, भोजपुरमा केशर श्रेष्ठ, ताप्लेजुङमा अमृत साउदेन, झापामा केशव ओझा र मोरङमा माधव आचार्य चयन भएका छन् ।
यस्तै म्याग्दीमा वीरबहादुर थापा, वाग्लुङमा सुरेन्द्र खड्का, नवलपुरमा विष्णु शर्मा अधिकारी, नवलपरासीमा ओमबहादुर सिंह, रुपन्देहीमा सागरप्रताप राणा, कपिलवस्तुमा नारायणबहादुर सिंह, गुल्मीमा अनिल कक्षपति, अर्घाखाँचीमा दीपक कुँवर, रुकुमपूर्वमा सुधीरविक्रम शाह, पश्चिम रुकुममा विनोदविक्रम शाह र सुर्खेतमा कविराम पुरी चयन भएका छन् ।
यस्तै सल्यानमा नेत्रलाल श्रेष्ठ, दैलेखमा भक्तबहादुर शाही, हुम्लामा विकास महत, मुगुमा राजबहादुर मल्ल, कालीकोटमा हर्ष मल्ल, बर्दियामा भीमबहादुर बोहरा, अछाममा मिनबहादुर शाही, बाजुरामा जितबहादुर शाही, डोटीमा कर्ण द्धारीया, कैलालीमा होमबहादुर गुरुङ र कञ्चनपुरमा गजेन्द्र चन्द चयन भएका छन् । राप्रपाको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म हुने तय भएको छ ।