काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थीहरुको संगठन अखिल क्रान्तिकारीको २२औं सम्मेलन जारी छ । नयाँ नेतृत्व चयन गर्न आयोजना भएको सम्मेलनले नयाँ नेतृत्व चयन गर्न नसकेपछि त्यसको जिम्मेवारी पार्टी अध्यक्ष प्रचण्डलाई दिइएको थियो ।
पञ्चा सिंह र सुरेन्द्र बस्नेतसहित आधा दर्जन विद्यार्थी नेता प्रतिस्पर्धामा थिए । प्रचण्डले आफ्नो निर्देशनमा पञ्चा सिंहलाई अध्याक्ष घोषणा गरिन् । बाँकी ६ जना विद्यार्थी नेताहरुलाई प्रचण्डले माओवादी केन्द्रको केन्द्रिय सदस्य उपहार दिएका छन् ।
रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, दीपक देवकोटा, विजय गौतम, तिलक भण्डारी र उत्तम अधिकारीलाई केन्द्रिय सदस्य बनाएका छन् । प्रचण्डले केन्द्रिय सदस्यको उपहार दिएपनि औपचारिक रुपमा केन्द्रिय सदस्य बन्न केही प्रक्रियाहरु पुरा गर्नुपर्नेछ । पार्टीको सचिवालय बैठकले अनुमोदन गरेपछि उहाँहरु केन्द्रिय सदस्यको रुपमा क्रियाशिल हुनेछन्, प्रचण्डनिकट स्रोतले भने ।
यस्तै महासचिवका दावेदार दिपेश पुनलाई पनि पार्टीको केन्द्रीय सदस्य बनाइने शर्तमा दावी छोड्न प्रचण्डले अनुरोध गरेका छन् । महासचिवका लागि पवन कार्की र जीपी मैनालीको समेत दावी रहेको छ । महासचिवबाट दावी छोड्नेहरुले पनि केन्द्रिय सदस्य पाउने माओवादी स्रोतले बताइको छ ।