एमालेको नयाँ चुनाव चिन्ह सुर्यभित्र हँसिया हथौडा, बन्यो शक्तिशाली तीन आयोग

काठमाडौं । नेकपा एमाले प्रथम विधान महाधिवेशनमा नयाँ चुनाव चिन्ह सार्वजनिक गरेको छ । एमालेको चुनाव चिन्ह सुर्य हो । सार्वजनिक नयाँ चिन्हमा रातो पृष्ठभूमिमा सूर्यभित्र हँसिया हथौडा राखिएको छ । नेकपा एमालेले सार्वजनिक सभाहरुमा यस्तो चिन्ह प्रयोग गर्दै आएपनि आधिकारिक भने थिएन ।

विधान महाधिवेशनले नयाँ चिन्ह लागु गर्ने गरि विधान संशोधन गरिएको छ । यस्तै एमालेले १५ मध्ये तीन आयोगलाई शक्तिशाली बनाएको छ । तीन दिनदेखि जारी प्रथम विधान अधिवेशनले तीनवटा आयोगलाई भने शक्तिशाली बनाएको हो ।

अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग अब सोझै महाधिवेशनप्रति मात्र उत्तरदायी हुनेछन् । यी आयोग केन्द्रमा मात्र रहनेछन् । यी आयोगलाई शक्तिशाली बनाउनका लागि महाधिवेशनप्रति उत्तरदायी रहने बनाइएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिए ।

लेखा परीक्षण आयोगको नाम संशोधन गर्दै लेखा आयोग बनाइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.