धनगढी । नेपाली कांग्रेसको यतिखेर जिल्ला अधिवेशनहरु चलिरहेको छ । अधिवेशनकै बिचमा बझाङमा भने आश्चर्य लाग्दो घटना बाहिरिएको छ । जिल्ला अधिवेशन गराउन गएका निर्वाचन अधिकृतले उम्मेद्वारीको रकम संकलन गरेर फरार भएको घटना बाहिरिएको हो ।
प्रमुख निर्वाचन अधिकृत नै सम्पर्कविहीन भएपछि बझाङ कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । केन्द्रीय निर्वाचन समितिले खटाएका प्रमुख निर्वाचन अधिकृत चेतराज भट्ट शनिबार रातिदेखि सम्पर्कविहीन भएका हुन् ।
‘मनोनयन दर्ता गरेर शनिवाररातीदेखि निर्वाचन अधिकृत सम्पर्क छैनन् । क्षेत्रिय अधिवेशनका विषयमा नेता जंगबहादुर सिंहबाट धम्काएको भने कुरा बाहिर आएको छ । तर पुष्टि भने हुन सकेको छैन ।