प्रधानमन्त्रीको जिल्ला डडेल्धुरामा देउवा पक्ष र पौडेल पक्षबीच झडप

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेसको संस्थापन पक्ष र पौडेल पक्षबीच झडप भएको छ । पौडेल समूहले आयोजना गरेको कार्यकर्ता भेलामा देउवा समूहले अवरोध गरेपछि झडप भएको हो ।

आइतबार भएको झडपमा केही कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । पौडेल पक्षको भेलालाई कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा. शेखर कोइराला र गुरुराज घिमिरेले सम्बोधन गर्ने कार्यक्रम थियो ।

कार्यक्रम सुरु हुनै लाग्दा देउवा पक्षले कालो झण्डा देखाउन खोजेपछि झडप शुरु भएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.