चक्कु प्रहारबाट एक जनाको मृत्यु

रुपन्देही  । रुपन्देहीको एक प्लाई उद्योगका कामदार बिच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ फर्साटिकामा रहेको प्लाई उद्योगमा मदिरा सेवन गरी त्यहीँका कामदारबीच एक अर्कामा झडप हुँदा पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–३ का २२ वर्षीय अवधेश हरिजनको मृत्यु भएको हो ।

हरिजनलाई सोही उद्योगमा कार्यरत भारतीय नागरिक रवि सिंहले चक्कु प्रहार गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिएका हुन ।‘
ती दुईजना एउटै फ्याक्ट्रीका कामदारहरु हुन् । राति मापसे सेवन गरी एक आपसमा झडप हुदाँ एक जनाको मृत्यु भएको हो । मृतकका बाबु गोपालचन्द हरिजन पनि घाईते भएका छन । उनले भने, ‘हत्यामा संलग्न रवि सिंह पनि घाइते छन् र निजलाई नियन्त्रणमा लिइसकिैको छ ।’

उनका अनुसार रविले अवधेशलाई चक्कु प्रहार गरेपछि उनका बाबु गोपालचन्द्रलाई पनि चक्कु प्रहार गरेका थिए । अवधेशको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । उनका घाइते बाबु र हत्या आरोपित रवि सिंहको सोही अस्पतालमा प्रहरीको निगरानीमा उपचार भईरहेको छ । थप
घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले बताएका छन ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.