बैतडीमा एक युवकको हत्या

बैतडी - बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ । अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको छ । 

शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो । उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको छ ।  प्रहरी निरीक्षक खत्री नेतृत्वको टोली घटनास्थल पुगेर थप अनुसन्धन सुरु गरेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.