काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले नेकपा एमालेभित्र अब फरक मत नरहेको बताएका छन् ।
सोमबार पार्टीको विधान महाधिवेशनसँग केन्द्रित भएर सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उपमहासचिव पौडेलले सो दाबी गरेका हुन् ।
सो क्रममा विधान महाधिवेशनको माहोलले पार्टी विभाजन नभएको आफूहरुको निष्कर्ष सही सावित भएको बताए । उपमहासचिव पौडेलले माधव नेपालप्रति संकेत गर्दै उनले विभाजित भएर गएकाहरु पनि फर्किने क्रम जारी रहेको बताए ।
सरकारले भदौ १ गते ल्याएको अध्यादेशका आधारमा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसहित झलनाथ खनालले नयाँ पार्टी खोलेका छन् ।