चितवन २: मतगणनाको विषयमा निर्णय गर्न सर्वदलीय बैठक सुरु

चितवन - चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । बिहान ८ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको भए पनि एक घण्टा ढिला गरि सुरु भएको हो । सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार  सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिनेछ । 

यसअघि आइतबार बस्ने भनिएको सर्वदलीय बैठक विवादका कारण बस्न सकेको थिएन । चितवन २ मा कांग्रेसले रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै मतगणना सुरु हुन सक्ने अडान लिँदै आएको छ । चिवतन २ मा आइतबार सम्पन्न उपनिर्वाचनमा कुल २२ जना उम्मेदवार छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.