वर्षाका कारण नेपाल र साउदी अरबबीचको खेल रद्द

काठमाडौं - वर्षाका कारण एसीसी मेन्स प्रिमियर कपको 'समूह ए'अन्तर्गत नेपाल र साउदी अरबबीच मुलपानी क्रिकेट मैदानमा तय भएको खेल रद्द भएको छ। आइतबार राति तथा सोमबार बिहानदेखिको वर्षाका कारण खेल समयमा सुरु हुन सकेको थिएन।

बिहान ९ बजे सुरू हुने तय भएको खेल करिब १ बजेसम्म पनि सुरू हुन नसकेपछि खेल रद्द भएको हो।

यसअघिका दुई खेलमा जित निकालेको नेपाल आज पनि सोही लय काम राख्दै सेमिफाइनलमा स्थान बनाउने लक्ष्यमा थियो। खेल रद्द भए पनि दुवै टिमले एक/एक अंक बाँडेपछि नेपाल सेमिफाइनलमा पुगेको छ।

पहिलो खेलमा मलेसियालाई हराएको नेपालले शुक्रबार दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो। ओमानविरुद्ध रन खाता नखोल्दै दुई विकेट गुमाएको नेपालले कुशल मल्लको आक्रामक शतकमा ३ सय रन पार गरेको थियो। जुन नेपालले एक दिवसीय खेलमा बनाएको सबैभन्दा ठूलो योगफल थियो। 

समूह ए मा सुरुआती दुई खेलबाट चार अंक जोडेको नेपाल आजको एकसहित पाँच अंक जोडेर अन्तिमा चारमा पुगेको छ। तीन खेलबाट चार अंक जोडेको ओमानको दोस्रो स्थानमा छ। साउदी तीन अंक जोडेर तेस्रो स्थानमा पुगेको छ। मलेसिया र चौथो स्थानको साउदी अरबको समान दुई अंक छ। पाँचौ स्थानको कतारले भने अंक खाता खोल्न सकेको छैन। 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.