काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारसँग राजनीतिक दलसम्बन्धी अध्यादेश, मन्त्रिपरिषद् विस्तार, सुकुम्बासी समस्या समाधान आयोग खारेजलगायत विषयको जानकारी माग गरेको छ ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा नेकपा एमालेले सरकारसँग उल्लेखित विषयबारे धारणा माग गरेको हो ।
यसअघि संसद सञ्चालनमा अवरोध गर्दै आएको नेकपा एमालेले सोमबार पनि संसद अवरोध गरेपछि अध्यक्ष तिमिल्सिनाले सदन सञ्चालन गर्न सहयोग पुर्याउन प्रतिपक्ष दलका सांसदसँग आग्रह गरेका थिए ।
‘महत्वपूर्ण चाडबाड आएका छन्, त्यसका लागि शुभकामना आदानप्रदान गर्न सकियोस्, साङ्केतिक विरोध भएकै छ, उभिएर फेरि विरोध जनाउन पर्दैन,’अध्यक्ष तिमिल्सिनाले प्रमुख प्रतिपक्षीलाई सम्झाउने क्रममा भनेका थिए ।