काठमाडौं । नेपाल बार एसोसिएसनले आन्दोलन गर्ने चेतावनी दिएको छ । मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशले आफ्नो मान्छे राख्न खोजेको समाचार बाहिरिएसँगै नेपाल बार एशोसिएसनले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको छ ।
बारद्वारा जारी सो विज्ञप्तिमा राज्यका निकायबीचको शक्ति सन्तुलन र नियन्त्रण, शक्ति पृथकीकरणको सिद्धान्त, संवैधानिक सर्वोच्चता, स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिकाको अवधारण प्रतिकूल हुने क्रियाकलापको सधैँ विरोध र भर्त्सना गर्ने उल्लेख छ ।
‘प्रधानन्यायाधीशका बारेका आएको समाचार साँचो हो भने न्यायपालिकाको स्वतन्त्रता, सक्षमता र निष्पक्षतामा गम्भीर संकट उत्पन्न भएको छ,’ बारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।