अदालतले ललितानिवास जग्गा प्रकरणमा मुछिएका नेपाल र भट्टराईको फैसला सुनाउँदै

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाउने मुद्दाको फैसला १५ कातिकमा हुने भएको छ ।

अख्तियार दुरुपयोग अनसुन्धान आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले १५ कात्तिकमा सो फैसला सुनाउने भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले सो निर्णय सुनाउने छ । माधव नेपाल प्रधानमन्त्री भएका बेला ललिता निवासस जग्गा प्रकरणमा मुछिएका कांग्रेस उपसभापति विजयकुमार गच्छदारले उच्च अदालतमा उपस्थित भएर केही समयअघि दश लाख धरौटी बुझाएका छन् । अदालतमा उस्थित हुनुभन्दा अघि गच्छादार प्रहरीको खोजीमा थिए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.