कैलालीमा एकै गाउँका तीन किशोरी सम्पर्कविहीन

धनगढी - कैलालीमा तीन जना किशोरी सम्पर्कविहीन भएका छन् । जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर–९ जमनीपुरका ३ किशोरी ३ दिनदेखि सम्पर्क विहीन भएका हुन् । तीनै जना यही वैशाख २३ गते साँझदेखि सम्पर्कविहीन रहेको इलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ । सम्पर्कविहीन हुनेमा कैलारी गाउँपालिका–९ जमनीपुरका १७ वर्षीया सुविच्छा चौधरी, १४ वर्षीया अविच्छा चौधरी र १७ वर्षीया बबि चौधरी रहेको छन्।

तीनै जना शनिबार साँझ सात बजे घरबाट कसैलाई जानकारी नदिई सम्पर्कविहीन बनेको र आफन्तको घरमा समेत सोधपुछ तथा खोजतलास गर्दा फेला नपरेपछि आफन्तहरुले इलाका प्रहरी कार्यालय हसुलियामा जानकारी गराएका हुन् । सम्पर्कविहीन रहेका तीनै जनालाई प्रहरीले खोजतलास गरिरहेको बताइएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.