विधानविपरीत मनोनित गर्न खोजेपछि अखिल क्रान्तिकारीमा भद्रग
काठमाण्डौँ । आज अपरान्ह ३ बजे नै नयाँ नेतृत्व घोषणा गर्ने कार्यक्रम तय गरिएपनि साँझसम्म नेतृत्व घोषणा हुन सकेन। यसको विपरित साँझमा कार्यक्रमस्थलमा नै कार्की ब्याङ्कवेट हलमा कुर्सी भएको छ । यस्तो हुनुमा विधान विपरीत कार्य हुनुमा मुख्य गल्ति रहेको छ ।
अखिलको क्रान्तिकारीको निवर्तमान कार्यालय टिम र फ्रयाक्सनले सहमतिको आधारमा पदाधिकारी र केन्द्रीय समितिको घोषणा गर्ने अन्तिम तयारी हुँदै गर्दा कार्यक्रम हलमा विरोध भएको थियो। विरोधकै कारण क्रान्तिकारीको नेतृत्व घोषणा हुन नसकेको हो । विधानले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी र २५ सदस्यीय पदाधिकारी चयन गर्ने प्रावधान राखेको थियो। सहमतिका नाममा ३ सय ९९ सदस्यीय केन्द्रीय कमिटी र ५५ सदस्यीय जम्बो पदाधिकारी घोषणा गर्न लागेपछि विवाद चर्किदै गएको हो ।
विवाद बढेपछि अध्यक्ष पञ्चा सिंहको नाममात्रै घोषणा भएको छ। सिंहलाई भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुको निर्देशनमा १७ गते नै अध्यक्ष तोकिएको थियो। प्रचण्डले सिंहको नाम स्थायी कमिटीबाटै अनुमोदन गराएका थिए। पार्टीभित्रको यस्तो नाताबाद र शक्तिको कारणले गर्दानै देशको हालत यो हालमा पुगेको छ । पार्टीको बर्तमान कमिटी गठन भएको ५ दिन हुन नपाउँदै नयाँ पार्टीभित्र आन्दोलन शुरु भएको छ । के यस्तो अभ्यासले समाजवाद जन्माउन सक्छ त ?
सिंहलाई अध्यक्ष बनाउनकै लागि प्रचण्डले अध्यक्षका आकांक्षीलाई पार्टीको केन्द्रीय सदस्यसमेत बनाएका हुन । अध्यक्षका आकांक्षीहरू सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दीपक देवकोटा र विजय गौतमलाई प्रचण्डले केन्द्रीय सदस्य बनाउने आश्वासन दिएर सहमति सम्पन्न गरेका थिए।यसरी नै यस्ता षडयन्त्रमा रहेर हजारौ युवा र राष्ट्रको भविष्य विगार्ने बाटो बन्दा गर्नूपर्दछ ।
‘अध्यक्षले कतिपय अवस्थामा निर्वाचन र मूल्यांकन दुबै हेर्नु पर्ने रहेको हुनछ । त्यसैले यस पटक निर्वाचन नगरी मूल्यांकनका आधारमा नेतृत्व चयन गरौं। तपाईंहरू अब केन्द्रीय कमिटीमा बस्नुपर्छ भनेर भन्नुभयो’, अध्यक्षका एक आकांक्षीले भने, ‘ यसअघिका उपाध्यक्षसमेत केन्द्रीय सदस्य भएका छैनन् पहिला यस्को सुनुवाई गर्नुपर्छ ।‘ यस्तो विषयमा सहम िजुट्न नसकेपछि आन्दोलन हुन शुरु भएको थियो ।
अध्यक्षका दाबेदारको व्यवस्थापन भए पनि अन्य पदका आकांक्षीको व्यवस्थापन हुन नसक्दा यस्तो घटना भएको हो।
उपाध्यक्षमा रविकिरण यादव, दिपक जोशी र इन्द्र भुसाल दोहोरिने अनि निवर्तमान उपाध्यक्ष दिपेश पुन महासचिव बन्ने भएपछि थप विरोध भएको थियो। कतिपयले दिपेशलाई महासचिव बनाउन नहुने भन्दै नाराबाजी समेत गरेका थिए।
दिपेश उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन्। त्यस्तै प्रतिनिधिले टिके प्रथा बन्द गर्नुपर्ने भन्दै चुनावको समेत माग गरेका थिए। तर स्रोतका अनुसार प्रतिनिधिको सबैभन्दा ठूलो आक्रोश दिपेशलाई महासचिव बनाएकोमा रहेको थियो ।
सचिवहरू ४० जनासम्म पुर्याइयो तर आकांक्षी भने १ सय ५० को हाराहारीमा छनोट गरिएको थियो। सबैभन्दा ठूलो विवाद यसरी सुरू भएको अर्का एक निवर्तमान उपाध्यक्षले बताए।विधानले तोकेभन्दा धेरै सदस्य र पदाधिकारी बनाइएकोले विरोध भएको क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले बताइन्।
‘पदाधिकारीमा उही व्यक्ति नदोहोरिने र घटुवा भएरसमेत बस्न नपाइने भन्ने आवाज उठेको छ। हलले पारित गरेको संख्या नै कायम हुनुपर्ने प्रतिनिधिको माग छ,’ उनले भनिन्, ‘अब मैले पार्टी अध्यक्ष र फ्रयाक्सन इन्चार्जसँग छलफल गर्छु। निवर्तमान कार्यालयको टिम बसेरसमेत छलफल गरेपछि हामीले कमिटीलाई पूर्णता दिन्छौं।‘
निवर्तमान सचिव नरेश रेग्मीले विधानविपरीत कमिटी बढाइएको कारण विवाद भएको र त्यसलाई हलले अस्वीकार गरेको पनि बताएका बताए।
निर्वाचनमा नगइकन आफूखुसी नेतृत्व चयन गर्न खोज्ने प्रचण्डको कार्यशैली पनि यो घटनामा जिम्मेवार रहेको आवाज उििठसकेको छ । देशमा असल राजनितिक कार्यशैली नहुदाँ यस्तो समस्या बारमवार पार्तीमा आउने गरेको छ ।
‘भाषण गर्नेबेलामा अध्यक्ष स्वयंले वडादेखि नै निर्वाचन गर्ने भन्नुभएको छ । तर विद्यार्थीको राष्ट्रिय सम्मेलनमा कसलाई अध्यक्ष बनाउने भनेर उहाँले तोकिदिनुभयो,’ एक निवर्तमान पदाधिकारीले भने, ‘निर्वाचनबाट नेतृत्व चयन गर्न पाएको भए जसले जिते पनि केही हुने थिएन। अहिले त सबैलाई व्यवस्थापन गर्ने नाममा भद्रगोल बनाइएको छ।’ यसको लागि नेपालका राजनैतिक दलहरुको विधि र विधानमा रहेर काम गर्नुपर्ने देखिएको छ ।
यो घटनालाई अर्थमन्त्री जनार्दन शर्माको सक्रियताको रूपमा समेत हेरिएको छ। आफूनिकट रहेकी सिंहलाई अध्यक्ष बनाउन शर्माले माओवादीभित्र ठूलै लबिङ गरेको माओवादी केन्द्रका एक नेताले बताए।
राष्ट्रिय सम्मेलनले अध्यक्षको मात्रै घोषणा गरेको भए पनि अब बाँकी पदाधिकारी र सदस्यको नाम तय कहिले हुन्छ भन्ने निश्चित नै हुन सकिरहेको छैन। यद्यपी न क्रान्तिकारीका निवर्तमान अध्यक्ष रञ्जित तामाङले बन्दसत्र धेरै लम्ब्याएर काम छैन भनेर अध्यक्षमात्रै घोषणा गरिएको बताएका छन। अब छिट्टै हलको भावनाअनुरूप कमिटीलाई पूर्णता दिने उनको भनाईरहेको छ ।
क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्लले धेरै विषयमा विवाद भए पनि मुख्य विवाद विधान कार्यान्वयन भन्ने नै रहेको बताएका हुन। उनले विधानमै रहेर फ्रयाक्सन कमिटीले निर्णय गर्ने बताए।