कपिलवस्तुमा झाडापखालाका कारण दुईको मृत्यु

काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाका कारण दुई जनाको मृत्यु भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेका अनुसार कृष्णनगर वडा न. ९ का पाँच वर्षीय राज काश्यप र कृष्णनगर ८ का ४० वर्षीय रामप्रसाद केवट (बब्लु) को स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । नगरपालिकाको वडा न.७, ८ र ९ नम्बर वडामा झाडापखालाको प्रकोप देखिएको छ ।

स्थानीय अस्पतालले बिरामी थेग्‍न नसकेपछि शिवराज अस्पतालमा बिरामी जान थालेको बताइन्छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.