काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले ५ मन्त्रालय पाउने भएको छ । सत्ता साझेदार दलहरुको भागबण्डाका आधारमा नेकपा एस ले ५ मन्त्रालय पाउन लागेको हो ।
एसका नेता विरोध खतिवडाका अनुसार रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।
मन्त्रीको लिस्टमा विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङ छन् । कुन नेताले कुन मन्त्रालय पाउने निश्चित भएको छैन ।
नेता विरोध खतिवडाले भने रक्षा मन्त्रालय पाउने स्रोतको दावी छ । अहिलेसम्म कसले कुन मन्त्रालय पाउने भन्ने वारे यकिन भइसकेको छैन ।
नेकपा एस विरोध खतिवडाको नेतृत्वमा सरकारमा जान लागेको हो । २१ गते मन्त्रिपरिषद् विस्तारमा शपथ हुने नेकपा एसका नेता खतिवडाले बताएका छन् ।