जबर्जस्ती करणी अभियोगमा तीन वर्ष ६ महिना कैद
जिल्ला अदालत संखुवासभाले जबर्जस्ती करणी गरेको अभियोगमा पाँचखपन नगरपालिका –८ का ३६ वर्षीय पुरुषलाई  तीन वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

संखुवासभा । जिल्ला अदालत संखुवासभाले जबर्जस्ती करणी गरेको अभियोगमा पाँचखपन नगरपालिका –८ का ३६ वर्षीय पुरुषलाई  तीन वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले जबर्जस्ती करणी गरेको अभियोगमा ठहर गर्दै उनलाई तीन वर्ष ६ महिना  कैद सजायसँगै एक लाख रुपैयाँ जरिवना भराउन आदेश दिएकाे अदालतका श्रेस्तेदार डिल्ली प्रसाईंले बताए ।

पीडित पक्षको उजुरीका आधारमा ती पुरुषलाई प्रहरीले जबर्जस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो । पीडित बालिकालाई उनले माघ २०७६ मा जबर्जस्ती करणी गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.