आईपीएल क्रिकेटमाः मुम्बईले राजस्थानलाई ८ विकेटले हरायो

काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सविरुद्ध सहज जित निकालेको छ । मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो ।

राजस्थानले दिएको ९१ रनको लक्ष्य मुम्बईले ८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । मुम्बईको जितमा इशान किशनले अविजित सर्बाधिक ५० रन बनाए । कप्तान रोहित शर्माले २२ रन तथा सूर्यकुमार यादवले १३ रन जोडे ।

राजस्थानका मुस्ताफिजुर रहमान र चेतन साकरियाले १/१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर ९० रन बनाएको थियो । राजस्थानका इभिन लेविसले सर्वाधिक २४ रन जोडे ।

मुम्बईका नाथन कल्टर निलले ४ विकेट लिए । जितसँगै मुम्बईले प्ले अफ सम्भावना कायमै राखेको छ । मुम्बई १३ खेलमा १२ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । राजस्थान १० अंक जोडेर सातौ स्थानमा छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.